सिमानामा तत्काल होल्डिङ्ग सेन्टर निर्माण गर्न मधेस प्रदेश सरकारसँग माग « Khabarhub

सिमानामा तत्काल होल्डिङ्ग सेन्टर निर्माण गर्न मधेस प्रदेश सरकारसँग माग


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सभाका महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश भित्र रहेका नेपाल भारतका सिमा नाकामा होल्डिङ्ग सेन्टरसहितको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

समितिको बैठकले छिमेकी मुलुक भारतसँग सिमा जोडिएको मधेस प्रदेशमा कोरोना महामारीको जोखिम उच्च रहेकोले तत्काल सिमा नाकाको भारतबाट आउने यात्रुको लागि होल्डिङ्ग सेन्टर, हेल्प डेस्क, एन्टीजेन टेस्ट तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

समितिका सभापति जयनुल राइनको सभापतित्वमा भएको बैठकले कोरोना भाइरस छिटै नै सर्ने गरेकोले पनि त्यसमा कुनै लापरबाही नगरी तत्काल सिमा नाकाहरूमा कडाइ गर्न निर्णय गरिएको प्रदेश सभा सचिवालय सचिव रञ्जित यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अन्य प्रदेशहरूमा होल्ङ्गि सेन्टरहरूको निर्माण भइरहे पनि मधेस प्रदेशमा अहिलेसम्म त्यसको गृहकार्य देखिएको छैन ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ५३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण