विश्व इतिहासमा आजः फिलिपिन्समा क्रान्तिदेखि कम्युनिस्ट देश घोषणासम्म « Khabarhub

विश्व इतिहासमा आजः फिलिपिन्समा क्रान्तिदेखि कम्युनिस्ट देश घोषणासम्म


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २२ फेब्रुबरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग

सन् २०१४ मा युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टोर यानुकोभ्याचमाथि महाअभियोग लगाइएको थियो। युरोपेली संघसँगको सम्बन्ध सम्झौता त्यागेपछि व्यापक विरोधबीच उनीमाथि महाअभियोग लागेको थियो। महाअभियोगपछि उनी देश छोडेर भागेका थिए। उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको थियो।

न्युजिल्यान्डको क्रिस्टचर्चमा विनाशकारी भूकम्प

सन् २०११ मा न्युजिल्यान्डको क्रिस्टचर्चमा गएको विनाशकारी भूकम्पमा १८५ जनाको मृत्यु भएको थियो। ६ दशमलब ३ म्याग्निच्युडको सो भूकम्प शहरी क्षेत्रमा रेकर्ड गरिएको सवैभन्दा उच्च तीव्रतामध्ये एक थियो।

फिलिपिन्समा जनशक्ति क्रान्ति

सन् १९८६ मा फिलिपिन्समा जनशक्ति क्रान्ति सुरु भएको थियो। सो अहिंसात्मक क्रान्तिपछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको पतन र देशमा प्रजातन्त्र पुनस्र्थापना भएको थियो।

चेकोस्लोभाकियालाई कम्युनिस्ट देश घोषणा

सन् १९४८ मा चेकोस्लोभाकिया कम्युनिस्ट राज्य घोषित भएको थियो। सन् १९८९ को भेलभेट क्रान्तिपछि चेकोस्लोभाकिया संसदीय गणतन्त्र भएको थियो। सन् १९९३ मा विभाजनपछि चेक रिपब्लिक र स्लोभाक रिपब्लिक भएका थिए।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : १८ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा