प्रदेश १ को नाम टुंग्याउन सर्वदलीय बैठक, के होला नाम ? « Khabarhub

प्रदेश १ को नाम टुंग्याउन सर्वदलीय बैठक, के होला नाम ?


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मुलुकका अन्य ६ प्रदेशको नामाकारण सम्पन्न भइसकेपछि प्रदेश १ ले पनि नामाकरणका बारेमा छिनोफानो गराउन सर्वदलीय बैठक बोलाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न १२ बजे बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सहभागी हुनेछन्।

प्रदेशसभा गठन भएको चार वर्ष वितिसक्दा पनि पहिचानका आधारमा कि भूगोल वा अन्य विषयलाई सम्बाेधन गरेर प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा प्रदेश १ को नामाकरण हुन सकेको थिएन।

नेकपा एमालेका सांसद शेरधन राई नेतृत्वको सरकारले पटक-पटक नामाकरणका बारेमा छलफल गरे पनि निष्कर्ष दिन नसकेको विषयलाई सोही पार्टीबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राई नेतृत्वको सरकारले सर्वदलीय बैठकबाट सहमति गरेर नामाकरणको निष्कर्ष निकाल्ने प्रयास गरेको हो।

लिम्बुवान, सगरमाथा, कोशीलगायतका नाम सांसदले औपचारिक वा अनौपचारिक रुपमा प्रस्तुत गरे पनि राजनीतिक दलबीच सहमति हुन नसकेको बेला सर्वदलीय बैठकमार्फत नाम टुंगोमा पुर्‍याउन लागिएको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : १० बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक