मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनसम्म स्थगित « Khabarhub

मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनसम्म स्थगित


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ ।

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो ।

‘आफैँ प्रस्तावक भएकाले संकल्न प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने हुन्छ । तर, म पूर्वनिर्धारित कार्यक्रम अनुसार पारिवारिक भ्रमणका लागि भारतको राँची आएको छु,’ साहले भने, ‘प्रहरी भर्नाका बारेमा प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर तथा म स्वयं बाहिर भएकाले बैठक सहमतिको आधारमा २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।’ उनका अनुसार १८ फागुनका स्वदेश फर्केपछि संकल्प प्रस्तावका बारेमा छलफलको प्रक्रिया अघि बढाइनेछ ।

सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्तावबारेमा छलफल गर्न प्रदेशसभाको बैठक आज अपराह्न २ बजेका लागि बोलाइएको थियो । गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो । तर, सर्वोच्च अदालतमा परेको मुद्दा र मन्त्रीको पारिवारिक भारत भ्रमणका कारण संकल्प प्रस्तावमाथिको छलफल थप १२ दिनपछि धकेलिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : १५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको