अखाद्य वस्तु बिक्री वितरण गर्ने ललितपुरका दुई कम्पनी सिल « Khabarhub

अखाद्य वस्तु बिक्री वितरण गर्ने ललितपुरका दुई कम्पनी सिल


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा रहेको स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालिमा प्रहरीले सिल गरेको छ ।

अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको आरोपमा सोमबार प्रहरीले सिल गरेको हो ।

सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले ती कम्पनी सञ्चालन गर्दै आएका थिए ।

ललितपुर सुनाकोठीमा केही व्यक्तिहरुले अखाद्य बस्तुहरुको उत्पादन एवं बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको बिशेष टोलीले खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलको रोहबरमा दुबै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु नष्ट गरी कम्पनीहरू सिल गरेको हो ।

खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमति समेत नलिई विगत ३ वर्षदेखि दुवै कम्पनी सञ्चालनमा रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका एवं म्याद नाघेका पाउरोटीहरुलाई पुनःधुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाएर बजारमा बिक्री वितरण गर्दै आएको खुलेको छ ।

यस सम्बन्धमा खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलबाट कारबाही एवं आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ३ : ३० बजे

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई