धर्मशाला छिट्टै फिर्ता– पर्यटनमन्त्री आले « Khabarhub

धर्मशाला छिट्टै फिर्ता– पर्यटनमन्त्री आले


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने बताएका छन् । महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेलेअदालतले समेत बाटो खोलिदिएकाले धर्मशाला छिट्टै फिर्ता ल्याउने बताएका हुन् ।

मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अब त्यस्तो काम हुन नदिने स्पष्ट पारे । धर्मशाला भइदिएको भए भारतबाट आएका साधु–सन्त तथा वृद्धवृद्धा बस्न पाउने भएपनि अहिले त्यस्तो हुन नसकेको उनको भनाई छ । उनले यस वर्षको महाशिवरात्रीलाई भव्य र सभ्य बनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिए ।

पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले यस वर्ष महाशिवरात्रीमा करिब १० लाखले पशुपतिनाथको दर्शन गर्ने र करिब सवा करोड खर्च हुने अनुमान गरिएको बताए । त्यस्तै सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुन उनले जानकारी दिए ।

महाशिवरात्रीमा गाँजालगायतका लागुपदार्थलाई विशेष कडाइ गरिने र सोही दिन विद्युतीय शव दाह, किरियापुत्री क्षेत्र सञ्चालनमा भने कुनै वाधा नपुग्ने कोषले जनाएको छ । महाशिवरात्री पर्वलाई सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको पनि कोषले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  २ : ५० बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास