‘किसानका माग सम्बोधनपछि मात्र चुनाव गर’: जनमत पार्टी « Khabarhub

‘किसानका माग सम्बोधनपछि मात्र चुनाव गर’: जनमत पार्टी


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनमत पार्टीले मंगलबार जनकपुरधाममा प्रदर्शनसँगै निर्वाचन कार्यालय घेराउ गरेको छ ।

जनमतका नेता तथा कार्यकर्ताले किसानका माग सम्बोधन भएपछि मात्र चुनाव गराउनुपर्ने भन्दै दबाब दिएका हुन् ।

११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ ।

जनमतका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाको नेतृत्वमा निस्किएको ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै निर्वाचन कार्यालय घेराउ गरेको थियो । किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने उनीहरूले चेतावनी पनि दिएका छन् ।

किसानको समस्यालाई सम्बोधन गर्न ११ बुँदे मागसहित करिव दुई महिनादेखि जनमत पार्टी आन्दोलनमा छ ।

जनमत पार्टीले किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबीजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, फसलको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ०२ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्