सिरहामा तीन किलो चाँदीसहित दुई जना पक्राउ « Khabarhub

सिरहामा तीन किलो चाँदीसहित दुई जना पक्राउ


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहानबाट तीन किलोग्राम चाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले लहान नगरपालिका–७ दुर्गामन्दिरबाट भारतको विहार मधवनी थाना राजनगर–१२ का ३८ वर्षीय रञ्जित राय र उनको काका ६१ वर्षीय लखन रायलाई पक्राउ गरेको हो ।

उनीहरूका साथबाट तीन किलोग्राम ५२ ग्राम चाँदीको गहना, नगद २० हजार भारतीय रुपैयाँ र ५ सय १० नेपाली रुपैयाँ बरामद् गरिएको छ ।

दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको नम्बर ७ गण हेड क्वार्टर सिरहाका सूचना अधिकारी डीएसपी विनोद थापाले जानकारी दिए ।

उनीहरूले सप्तरीको नाका हुँदै लहान बजारमा गहना लिएर आइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : २७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन