साना सवारीको लाइसेन्स लिँदा साना गल्ती गरे पनि फेल नहुने ! « Khabarhub

साना सवारीको लाइसेन्स लिँदा साना गल्ती गरे पनि फेल नहुने !


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले ल्याएको सवारी चालक अनुमति पत्र परीक्षा निर्देशिका २०७७ ले चारपाँग्रे सवारीलाई समेत समेटेको छ ।

जसमा विभिन्न साना गल्ती गरे पनि फेल नहुने व्यवस्था गरेको छ । चारपांग्रे गाडीको ट्रायलमा पास हुनको लागि ७ वटा चरण पार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

घुमाउरो आठ

नयाँ परीक्षा निर्देशिकाले घुमाउरो आठको लागि २० अंक भार दिएको छ । घुमाउरो आठमा दुई पटकसम्म अंकित रेखा छोएमा फेल नहुने तर, एकपटक रेखा छोएमा प्रत्येक पटक ५ अंक घट्ने निर्देशिकामा उल्लेख छ ।

घुमाउरो आठमा दुई पटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर रेखा भन्दा बाहिर गएमा, ठीक तरिकाबाट आठ नबनाएमा,अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि तिर सारेमा फेल भएको मानिने छ ।

स्पीड ब्रेकर

त्यसैगरी स्पिड ब्रेकरमा एक पटक स्टार्ट बन्द भए ५ अंक घट्ने छ तर, फेल नहुने व्यवस्था गरेको छ । स्पिड ब्रेकरमा चारपाग्रे सवारीको लागी १० अंकभार दिइएको छ ।

युटर्नमा लाइट

त्यस्तै युटर्नमा गाडीको इन्डिकेटर लाइट नबालेमा १० अंक घट्ने छ । युटर्नका लागि निर्देशिकाले १० अंक भार दिएको छ । युटर्नमा अंकित रेखा छोएमा फेल भएको घोषणा गरिने छ ।

ट्राफिक संकेत

ट्राफिक संकेतमा भने १५ अंक भार दिइएको छ । ट्राफिक रहेको पालना नगरेमा सबै अंक घट्नेछ।

उकालो र ओरालो

उकालोको लागि १५ अंकभार दिइएको छ । उकालोमा सामान्य गल्ती भए पनि अनुत्तीर्ण घोषणा गरिने निर्देशिकामा उल्लेख छ।

त्यस्तै उकालोमा रेखा नाघि सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा,रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढि पछाडि सरेमा फेल हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी ओरालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र उकालोमा सवारीको स्टार्ट बन्द भएमा फेल जनाइएको छ ।

ग्यारेज पार्किङ

उकालोमा पास भएपछि ग्यारेज पार्किङ परीक्षणका लागी २० अंकभार दिइएको छ । ग्यारेज पार्किङको क्रममा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सारेमा १० अंक घट्ने व्यवस्था छ ।

सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकभन्दा बढी अगाडि सारेमा वा अकिंत रेखा छोएमा अनुत्तीर्ण घोषणा गरिने छ ।

व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनको अंकभार १० रहेको छ। सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरुको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ। सिट बेल्ट नलगाई सवारी चलाएमा ४ अंक घट्ने छ र अस्वाभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ अंक घट्नेछ।

सय अंकको परीक्षामा गल्ती भएको अंक घटाउदा ७० भन्दा कम अंक आए फेल हुने निर्देशिकाले व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ५५ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र