कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी : महामन्त्री शर्मा « Khabarhub

कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी : महामन्त्री शर्मा


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी भएको र चीन कम्युनिष्ट मुलुक भनेर कांग्रेसलाई वैरभाव नभएको बताएका छन् ।

उनले अमेरिका र चीन दुवै देशले दिएको सहयोग नेपाललाई स्वीकार्य हुने बताए । नेपाल गरिब मुलुक भएका कारण दुवै देशले ऋण, अनुदान जेजे दिन्छन् लिने तर अमेरिका र चीनको सैन्य रणनीतिमा कहिल्यै सामेल हुन नसक्ने उनले बताए ।

आज झापाको मेचीनगर नगरपालिका–१० मा एमसीसीबारे बुझाउन आयोजित क्षेत्रीय कार्यकर्ता भेलामा शर्माले स्कूल कलेज पढ्दादेखि अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने कम्युनिष्टहरु नै अहिले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा रहेको आरोप लगाए ।

“चीन कम्युनिष्ट मुलुक भएका कारण उसले बिआरआइमार्फत दिएको ऋण स्वीकार्य हुने नेपालका कम्युनिष्टहरुलाई तर अमेरिकाले दिएको अनुदान स्वीकार्य भएन”, उनले भने, “किनभने अमेरिका प्रजातान्त्रिक मुलुक हो अनि कम्युनिष्टहरुले विरोध गर्दछन् ।” नेपाली कांग्रेसलाई अमेरिका प्रजातान्त्रिक मुलुक हो भनेर आदरभाव र चीन कम्युनिष्ट मुलुक हो भनेर कुनै वैरभाव नभएकोसमेत कार्यकर्तालाई बताए ।

शर्माले नेपाली कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताए । उनले आफ्नै कार्यकर्ताले एमसीसीको बारेमा नबोल्न र बोले चुनाव जित्न नसक्ने भन्दै सुझाव दिने गरेको सुनाए । एमसीसीको बुँदा बुँदा केलाउँदै उहाँले सडक र ट्रान्समिसन लाइन बनाउने कुरामा विवाद गर्न नहुने बताए ।

नेपालको राजनीतिमा उग्रराष्ट्रवाद बेचिने गरेको बताउँदै नेता शर्मा कार्यकर्तालाई सचेत रहन आग्रह गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ९ : २३ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्