एनसेलले ल्यायो क्यास ब्याक अफर « Khabarhub

एनसेलले ल्यायो क्यास ब्याक अफर


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्ने भएका छन्।

एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याकअन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको हो।

गज्जबको डेली जीबी प्याकअन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ९) देखि लागु भएको छ।

यस आकर्षक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीको गज्जबको डेलि जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन्।

७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित मात्र रु १६९ मा सुचारु गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन्।

त्यसैगरि ग्राहकले करसहित मात्र रु २६९ मा ७ दिनको समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु ३० को क्यास ब्याकबाट फाइदा लिन सक्छन्।

त्यस्तै धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित मात्र रु ५९९ मा सुचारु गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु ६० बोनस क्यास ब्याक पाउँछन्।

यस गज्जबको डेलि जीबी डेटा प्याकअन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन्।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन्। यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ।

गज्जबको डेली जीबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटा बाहेक अन्य अन नेट सेवा प्रयोग गर्नका लागि ग्राहकहरुलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ९ : ३६ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट