सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गहरूको समस्या समाधान गर्न प्रचण्डद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण « Khabarhub

सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गहरूको समस्या समाधान गर्न प्रचण्डद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सशस्त्र द्वन्द्व (जनयुद्ध)का घाइते तथा अपांगता भएका व्यक्तिहरूको समस्या समाधानका लागि आग्रह गरेका छन् ।

आज बिहान (मंगलबार) वीर अस्पतालमा उपचारत काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेका प्रचण्ड लगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

देउवासँगको भेटमा प्रचण्डले अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि संशोधन गर्नुपर्ने, लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेकाहरूको सूचीकृत गर्ने, सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा शहीद भएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, जनयुद्धका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मानपत्रसहित राहत उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : ४६ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका