रुसको कब्जाबाट किभनजिकको मकारिभ शहर फिर्ता गर्न सफल भएको युक्रेनी दाबी « Khabarhub

रुसको कब्जाबाट किभनजिकको मकारिभ शहर फिर्ता गर्न सफल भएको युक्रेनी दाबी


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी फौजले राजधानी किभ नजिकैको रणनीतिक रुपमा महत्वपूर्ण शहरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभ नजिकैको मकारिभ शहरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् ।

मकारिभ शहरलाई रुसी सेनाबाट फिर्ता लिएसँगै किभलाई उत्तरपश्चिमी दिशाबाट घेराबन्दी गर्ने रुसी योजना विफल भएको समेत मन्त्रालयले जनाएको छ । यद्यपि इरपिन, बुचा, होस्तोमेलजस्ता किभ नजिकका अन्य शहरमा भने रुसी फौजले आक्रमण गरिरहेको जनाइएको छ ।

राजधानी नियन्त्रण गर्ने रणनीतिक योजना सफल पार्न रुसी फौजले किभमा भारी गोलाबारी र सैनिक आक्रमणलाई निरन्तरता दिइरहेको छ । यसअघि आइतबार किभको एक किनमेल केन्द्रमा रुसी फौजले गोलाबारी गर्दा ८ जनाको मृत्यु भएको थियो ।

किभमा अझै पनि रुसी फौजले गोलाबारी र हवाई आक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयबासीले खिचेर सामाजिक सञ्जालमा शेयर गरेका तस्वीर र भिडियोहरुमा किभका विभिन्न स्थानबाट धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ५० बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको