युक्रेनी शरणार्थीलाई सहयोग गर्न रुसी पत्रकारले नोबेल पुरस्कार लिलामी गर्ने « Khabarhub

युक्रेनी शरणार्थीलाई सहयोग गर्न रुसी पत्रकारले नोबेल पुरस्कार लिलामी गर्ने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्ष नोबेल शान्ति पुरस्कार पाएका रुसी पत्रकार दिमित्री मुरातोभले युक्रेनी शरणार्थीका लागि सहयोग जुटाउन पदक लिलामी गर्ने घोषणा गरेका छन् ।

उनले पदक लिलामीको सम्भावनाका लागि लिलामघर पनि खोजिरहेको समाचार संस्था एपीले जनाएको छ ।

नोभाया गजेटा अखबारमा लेख छाप्दै उनले मानिसहरुलाई ‘शरणार्थी, घाइते र बालबालिकासँग आवश्यक वस्तुहरु बाँड्न’ समेत आह्वान गरेको बताइएको छ ।

गत वर्ष नोबेल शान्ति पुरस्कार जितेका उनले पुरस्कारस्वरुप प्राप्त नगद रुसमा स्वतन्त्र मिडियाको प्रोत्साहनका लागि र स्वास्थ्य समस्या भएका मानिसहरुका लागि खर्च गर्ने घोषणा गरेका थिए ।

नोभाया गजेटा अखबारका सम्पादक समेत रहेका उनलाई गत वर्ष फिलिपिन्सकी अर्की पत्रकार मारिया रेसासँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : २८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस