एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीको इनर्जी देखेर ताज्जुबै लाग्छ (भिडियो) « Khabarhub

एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीको इनर्जी देखेर ताज्जुबै लाग्छ (भिडियो)


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको इनर्जी देखेर ताज्जुबै लाग्ने बताएकी छिन् । मंगलबार आयोजित कार्यक्रममा नेकपा एमाले प्रवेश गर्दै मानन्धरले एमाले प्रवेश गर्नुको कारण अध्यक्ष ओलीको इनर्जी र प्रेरणा भएको बताएकी हुन्।

केही समय बाबुराम भट्टराईको नयाँ शक्तिमा रहेकी अभिनेत्री करिष्माले देशभर एमालेप्रति सद्भाव राख्ने व्यक्ति बढी भएकाले पनि एमाले प्रवेश गरेको बताइन् ।

एमाले प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनिन्, ‘एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै हो’, ६ महिनाको अन्तरालमा मैंले उहाँलाई २ पटक भेटेँ । उहाँको इनर्जी देखेर मलाई ताज्जुबै लाग्छ । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, नेता भनेको जनताको पथप्रदर्शक हो।’

एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै मानन्धरले प्रतिपक्षमा रहे पनि देशहितमा पहिलो पार्टी भएको समेत बताइन् ।

त्यस्तै कुनै पदका लागि आफू एमालेमा नआएको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : २० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको