पलविरुद्धको मुद्दामा भोलिबाट बहस हुने | Khabarhub Khabarhub

पलविरुद्धको मुद्दामा भोलिबाट बहस हुने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीसहित नाबालिगको समेत बयान लिएको छ ।

मंगलबार जिल्ला अदालत तनहुँले बयान लिएपछि बहस बुधबारबाट हुनेछ । सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षभन्दा कम उमेरको भएको थाहा भएको स्वीकार गरेका हुन् ।

यस अगाडि सार्वजनिक अडियोमा आफ्नो स्वर नरहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका पलले बयानका क्रममा भने अडियो रेकर्डमध्ये ‘ब्वाइफ्रेण्ड र गर्लफ्रेन्ड बीच हुनु नर्मल हो’ भन्ने आवाज पनि आफ्नै हो भनेको जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ ।

तर, उनले जबरजस्ती करणी गरेको अभियोग चाहिँ स्वीकारेका छैनन् । पीडितले २०७८ सालको जेठ महिना अन्तिमतिर फोन गरेर आफूहरूको सम्बन्धबारे अरुले थाहा पाएको बताएको उनले भनेका छन् ।

पलका म्यानेजर कृष्णप्रसाद जोशी र जाहेरी दिएकी नाबालिकाको समेत बयान भइसकेको छ । बयानका क्रममा म्यानेजर कृष्णले घटना मिलाउने प्रयास आफूले गरेको स्वीकार गरेका छन् ।

आफूलाई घटना मिलाउन सहयोग गर्ने शर्तमा पल शाहले तलब दोब्बर बनाइदिएको समेत उनले सरकारी वकिलसमक्ष दिएको बयानमा उल्लेख छ । नाबालिग र पलबीच रहेको प्रेम सम्बन्धबारे आफू जानकार रहेको बताउँदै यो खबर मिडियामा आएपछि पलले पुन आफूलाई सम्पर्क गरी सहयोग मागेको जोशीले बताएका छन् ।

‘मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु प¥यो भन्दै मासिक तलबमा दोब्बर बृद्धि गरी ५०,००० हजार रुपैयाँ तलबमा पुनः म्यानेजरको जिम्मेवारी दिएका थिए,’ उनले बयानका क्रममा भनेका छन् ।

यस्तै, नाबालिगले आफ्नो बयानका क्रममा मायाका नाटक गरी बिहे गर्ने झुठो आश्वासन दिएर तीनपटक जबर्जस्ती यौन सम्बन्ध राखेको बताएकी छन् । पोखराको प्राइम होटल, गैँडाकोटको रिसोर्ट र तनहुँका प्रदीप थापाको घरमा करणी गरेको बयान प्रहरीमा नाबालिगले दिएकी हुन् ।

बयान सकिए लगतै पत्रकारसँग कुराकानी गर्दै पलका वकिलमध्येका एक कमला मोहन वाग्लेले भोलिबाट बहस हुने बताए । उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने ,’भोलि बयान सकिएर बहस सुरु हुन्छ । बहसमा कति समय लाग्छ भन्ने यकिन छैन । हामी पनि ५/७ जना छौँ र उहाँहरू पनि त्यस्तै हुनुहुन्छ । त्यसैले समय कति लाग्छ भन्ने भन्न सकिदैन ।’

प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध मंगलबार नै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । सोमबार तनहुँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । जोशीको बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चल्नेछ । दुवै पक्षका आधा दर्जन कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ ।

दुई पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणका आधारमा जिल्ला अदालत तनहुँले थुनछेकको आदेश जारी गर्नेछ । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुनेछन् । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै पलविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको हो । उनका म्यानेजर जोशी मतियार भएकाले आधा सजायको माग गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : ५८ बजे

सम्झौताको सात वर्षसम्म पुल नबनेपछि ठेक्का तोडियो

कास्की– पोखरा महानगरपालिका–४ र ५ जोड्नेगरी फिर्केखोलामा निर्माणका लागि गरिएको

साताको कार्टुन : ओ‌ली बा बोलेको बोल्यै !

संघीय राजधानीको सडकमा पेशाकर्मीहरुको आन्दोलन चर्किएको छ । शिक्षकहरु तीन

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी– बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो

१२ कक्षाका विद्यार्थीको मनोदशा : परीक्षा अन्योलले ‘डिप्रेस्ड’ भयौँ

फाइल फोटो काठमाडौं – वैशाख ११ गतेबाट सुरु हुने कक्षा

लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि नेपाल प्रहरी र एपीएफ भिड्दै

नेपालगञ्ज– लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल