एमाले बर्दिबासमा उम्मेदवार सिफारिस भएका नामप्रति असन्तुष्टि « Khabarhub

एमाले बर्दिबासमा उम्मेदवार सिफारिस भएका नामप्रति असन्तुष्टि


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– एमाले बर्दिबास नगर कमिटीले सिफारिस गरेका नामहरूप्रति नगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् ।

नगर प्रमुखका प्रमुख दाबेदार गुन्ज खड्काले नगर कमिटीबाट सिफारिस भएका नाम पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार नभएको बताए ।

‘उम्मेदवारहरूको मूल्यांकन तल्लोस्तरको कार्यकर्तालाई जिम्मा दिनुपर्ने हो तर यहाँ त नगर कमिटीले आफूखुसी निर्णय गर्‍यो, खड्काले भने । सर्वसम्मतिबाट टुंगिएको वडाध्यक्ष उम्मेदवारको नामलाई पुन: नगर प्रमुखमा समेत सिफारिस गरेर पार्टीभित्रको आन्तरिक अलोकतान्त्रिक प्रक्रियालाई बढावा दिएको उनको भनाइ छ । नेता खड्का आफै पनि एमाले बर्दिबास नगरपालिकाका बलिया उम्मेदवार हुन् । 

नगरभित्र टेकबहादुर बलाम्पाकी, फाल्गुन सुस्लिङ मगर, चन्द्रलाल क्यापछाकी, केदारबहादुर बस्नेत, कुमार भण्डारी, शारदादेवी थापा, शरद पोखरेललगायतले नगर प्रमुखका लागि दाबी गरेका छन् ।

‘यदि पाटीले मूल्यांकन गर्ने हो भने गुन्ज खड्कालाई मूल्यांकन गर्नुपर्छ अनि पार्टी मात्र हैन नगर नै समृद्ध बन्छ,’ बर्दिबास-३ का उमेश खड्का भन्छन् । तीन दशकदेखि राजनीतिमा सक्रिय खड्काले एमालेको सांगठनिक निर्माणमा निक्कै ठूलो भूमिका खेलेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : १२ बजे

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता