आज विश्व पृथ्वी दिवस : विभिन्न कार्यक्रम गरी मनाइयो « Khabarhub

आज विश्व पृथ्वी दिवस : विभिन्न कार्यक्रम गरी मनाइयो


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ । 

दिवसको अवसरमा युवाहरूले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔँ भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ ।

बर्सेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन् । प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । 

सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ०४ बजे

झापा ५ मा हरेक घरका मतदातासँग सम्पर्क बढाउन कार्यकर्तालाई ओलीको निर्देशन

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का

तेरियाको डेब्यू फिल्मको सुटिङ सुरु, हिरो दयाहाङ

काठमाडौं – भारतमा समेत ख्याति कमाएकी नेपाली डान्सर तेरिया मगरले

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय सभाको बैठक

काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बसिरहेको छ ।   सिंहदरबारमा बसेको

सभापति थापालाई किन मधेश पठाइयो ? यसो भन्छन् प्रदीप पौडेल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाका आधारमा

अर्जुननरसिंह भन्छन् : कांग्रेसले आफ्नो शक्ति फर्काउँछ

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी फागुन २१ गतेको