युक्रेनी सैनिक बेलायतमा तालिम लिँदै | Khabarhub Khabarhub

युक्रेनी सैनिक बेलायतमा तालिम लिँदै


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका फौजले बेलायतमा तालिम शुरु गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार बेलायतले युक्रेनलाई गत महिना प्रदान गरेको गस्ती गर्ने सवारीका साथ युक्रेनी सैनिकहरूले बेलायतमा तालिम लिइरहेका छन् ।

‘यसको सही प्रयोग गर्नका लागि राम्रो तालिम लिनु बुद्धिमानी हुन्छ ।’ ती प्रवक्ताले भने, ‘हामी यो युद्ध अझ नचर्कियोस भन्नेमा सतर्क छौँ तर अहिले पुटिनको सत्ताका कदमहरू यसलाई अझ चर्काउने किसिमका छन् ।’

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता बेलायतले युक्रेनलाई सहयोग गर्ने तत्परता देखाउँदै आएको रोयटर्सले जनाएको छ । बेलायतले केही समयअघि युक्रेनी फौजलाई ‘मस्टिफ’ सहितका १२० बख्तरबन्द गस्ती सवारी प्रदान गरेको थियो ।

यसबाहेक बेलायतले युक्रेनलाई ट्यांक भेदी, युद्धपोत भेदी र लडाकु विमान भेदी क्षेप्यास्त्र प्रणाली पनि सहयोग गरेको छ ।

युक्रेन सरकारका प्रतिनिधिमण्डलले केही समयअघि बेलायतको सलिसबरीको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा प्रतिनिधिमण्डललाई सैनिक सामग्री देखाइएको थियो भने युक्रेनलाई अझ बढी सहायता कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको थियो ।

बेलायतले सन् २०१४ मा रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो मुलुकमा गाभेयता युक्रेनी फौजलाई तालिम दिँदै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ५३ बजे

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको

घरिघरि हर्क साम्पाङलाई के हुन्छ ? : अध्यक्ष प्रचण्ड

धरान- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरानका

‘गभर्नर नियुक्तिमा ढिलाइ भयो, चाँडो गरौं’

काठमाडौं – पर्वतका जननिर्वाचित सांसद पदम गिरी पूर्वकानूनमन्त्री एवं नेकपा