नियमित मञ्चनमा ‘पल्पसा क्याफे’ « Khabarhub

नियमित मञ्चनमा ‘पल्पसा क्याफे’


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ को मञ्चन आजबाट मण्डला थिएटरमा सुरु भएको छ। 

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटक मण्डलामा वैशाख २५ सम्म मञ्चन हुनेछ। ‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो। यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनूदित छ। १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धि कमाएको  थियो। 

सुरज सुवेदीको नाट्य रूपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा बनेको नाटकमा विमल सुवेदी र सृष्टि श्रेष्ठले दृश्य र पल्पसाको भूमिका निर्वाह गरेका छन्। नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भारतको नेसनल स्कुल अफ ड्रामाबाट निर्देशन र डिजाइनमा ग्रयाजुएट सुवेदीले १० वर्षपछि अभिनयमा कमब्याक गरेका हुन्। प्रेम र द्वन्द्वको सरोबरी मात्रा पस्कने नाटकले उपन्यासभन्दा पर रहेर बेपत्ता परिवारको मनोदशालाई सशक्त रुपमा प्रस्तुत गर्नुका साथै मल्टिमिडियाको प्रयोगबाट द्वन्द्वको त्रासदीदेखि दृश्य र पल्पसाको प्रेमलाई जीवन्त तुल्याएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : २३ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट