दाङको मस्जिदमा झडप, ५ जना घाइते  « Khabarhub

दाङको मस्जिदमा झडप, ५ जना घाइते 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको लमहीस्थित एक मस्जिदमा दुई पक्षबीच झडप भएको छ ।

लमहीस्थित सुनन्त फैजाने रजा मस्जिदमा झपड भएको हो । झपडका क्रममा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नवाज पढिरहेका बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखेको थियो । तर, अध्यक्ष राजीनामा नदिने अडान लिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

‘मौलानाहरूबीच नै सामान्य विवाद भएको हो । यसअघिका अध्यक्षको समूहले वर्तमान अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै आएका थिए । त्यही बेला विवाद उत्कर्षमा पुगेर सामान्य झडप भएको हो,’ एसपी काफ्लेले बताए ।

दाङमा प्राथमिक उपचारपछि घाइतेहरू आ-आफैँ उपचार गराउने भनेर बुटवलतिर गएको उनले बताए । अहिले अवस्थामा सामान्य भइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : ५१ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको