कान्समा ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भन्दै चिच्याइन् महिला « Khabarhub

कान्समा ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भन्दै चिच्याइन् महिला


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो मे २८ सम्म विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल चल्ने छ ।

यहाँ प्रिमियर हुने फिल्म र रेड कार्पेटमा हिँड्ने सेलिब्रेटीको चर्चा दिनहुँ जसो सञ्चारमाध्यममा भइरहेको छ । यसपटक नेपाली फिल्म कान्समा छानिएको छ भने नेपालकी एक्ट्रेस सुरक्षा पन्त पनि त्यहाँ पुगेकी छिन् । सुरक्षा नेपाली फिल्मलाई नभई विदेशी फिल्मलाई प्रतिनिधित्व गर्दै कान्स पुगेकी हुन् । यसले गर्दा पनि यसपटकको कान्सले नेपालीको ध्यान समेत तानिरहेको छ ।

यद्यपि एउटा अर्को सन्दर्भले समेत कान्स तर्फ सबैको ध्यान मोडिएको छ । कान्सको रेड कार्पेटमा एक महिला आइन् र टपलेस भएर चिच्याउन थालिन् । यी महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पेन्ट गरेकी थिइन् । उनको शरीरमा लेखिएको थियो, ‘हामीलाई बलात्कार गर्न बन्द गर ।’

No description available.

महिलाले युक्रेनको झण्डाको रङलाई आफ्नो शरीरमा लगाएकी थिइन् । ती महिलाका कारण रेड कार्पेटमा सेलिब्रिटीहरुलाई रोक्यो ।त्यसपछि सुरक्षाकर्मीले उनलाई कालो रङको ज्याकेटले ढाके र आफूसँगै लिएर गए । ती महिला युक्रेनको अभियन्ता रहको बताइएको छ । युक्रेन र रुसबीच चलिरहेको युद्धमा महिलामाथि बलात्कारको घटना पनि सार्वजनिक भइरहेको छ । 

यसको विरोध गर्दै ती महिलाले  ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भन्दै रेड कार्पेटमा कराएकी हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : १५ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा