खोटाङमा माझी समुदायबाट एक जना जनप्रतिनिधि  | Khabarhub Khabarhub

खोटाङमा माझी समुदायबाट एक जना जनप्रतिनिधि 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– स्थानीय तहको निर्वाचनमा खोटाङका माझी समुदायबाट एक जना मात्र जनप्रतिनिधि चुनिएका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय माझीले कांग्रेसका तर्फबाट ७०२ मत ल्याएर वडा सदस्य जितेका हुन् । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका माझीले गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताए । 

विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशील सदस्यता लिएका हुन् । ‘पाँच वर्ष विदेशमा बसेँ । अब विदेश जान्न यही ठाउँको सेवा गर्छु,’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्नेछु ’, लामीडाँडामा कांग्रेसका चार वडा सदस्य विजयी हुँदा वडाध्यक्षमा भने एमालेका बिरेन्द्र मगर निर्वाचित भएका छन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडा सदस्यमा विजयी भएका थिए । यस्तै,  दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा मनोनित भएका थिए । यसपटक भने सोमबहादुर माझी समुदायबाट एक्लो जनप्रतिनिधि बनेका छन् ।

जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्खौली पेशा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएका छन् । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  २ : २१ बजे

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै

नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छ : प्रचण्ड

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

६ सय ७१ किलो गाँजासहित ट्रक चालक पक्राउ

चितवन- राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट प्रहरीले ६ सय

यातायात कार्यालय जनकपुरधामले सङ्कलन गर्‍यो करिब ६७ करोड रुपैयाँ राजस्व

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६