शुक्लाफाँटा नगरपालिकामा एमाले प्रमुख र कांग्रेस उपप्रमुखमा विजयी « Khabarhub

शुक्लाफाँटा नगरपालिकामा एमाले प्रमुख र कांग्रेस उपप्रमुखमा विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् । महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गरेका छन् । शुक्लाफाँटाको नगर उपप्रमुखका नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएका छन् । उनले छ हजार ५१९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का माधव पन्तले पाँच हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २३६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित भएका थिए  ।

नौ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ३ : ०० बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन