भरतपुर महानगरमा ८०५९ मतले रेनुको अग्रता कायमै | Khabarhub Khabarhub

भरतपुर महानगरमा ८०५९ मतले रेनुको अग्रता कायमै

३३ हजार ६०७ मत गन्न बाँकी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हाे । 

गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि छन् । 

मेयरमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत मात्रै प्राप्त गरेकी छन् । अहिले भरतपुर–२० र २१ नम्बरको मत गणना भइरहेको छ । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  २ : ४० बजे

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै

नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छ : प्रचण्ड

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

६ सय ७१ किलो गाँजासहित ट्रक चालक पक्राउ

चितवन- राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट प्रहरीले ६ सय