धनुषाको क्षीरेश्वरनाथ मेयरमा एमाले विजयी | Khabarhub Khabarhub

धनुषाको क्षीरेश्वरनाथ मेयरमा एमाले विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका मेयरमा नेकपा एमालेका सुखदेव यादव निर्वाचित भएका छन् ।

निर्वाचित यादवले ७ हजार ९ सय १३ मत ल्याउँदा उनका प्रतिस्पर्धी योगेन्द्र पजियारले ७ हजार ३ सय मत पाएर पराजित भएका छन् । निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई ६ सय १३ मतको अन्तरले पराजित गर्दै यादव मेयरमा विजयी भएका हुन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रचना श्रेष्ठ माथेमा निर्वाचित भएकी छन् । श्रेष्ठले ७ हजार ५ सय ५० मत पाउँदा उपमेयर प्रतिस्पर्धी नेकपा एमालेकी सालिनी चौधरीले ७ हजार ५ सय ११ मत प्राप्त गरेकी छन् ।

क्षीरेश्वरनाथ नगरपालिका एमाले सचिव रघुवीर महासेठको निर्वाचन क्षेत्र हो । क्षीरेश्वरनाथको वडा नं. १,२,४,५,७,८ र १० मा नेपाली काँग्रेस विजयी भएको छ । भने, वडा नं. ६ र ९ मा नेकपा एमाले प्यानल सहित विजयी भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ३ : ३७ बजे

कपिलवस्तु र मोरङमा आगलागी

काठमाडौं- कपिलवस्तु र मोरङका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा धनमाल जलेर

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै

नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छ : प्रचण्ड

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’