गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको भेट « Khabarhub

गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको भेट


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणसँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटवार्ता गरेका छन्। 

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी सहयोग र सम्बन्धका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । साथै नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वर्षका अवसरमा दुई देशबीचका विकास साझेदारी एवं सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

गृहमन्त्री खाणले भूकम्पछिको पुनःनिर्माणकोभिडको रोकथाम तथा नियन्त्रणमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरे। गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका क्षेत्रमा अमेरिकाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे। 

साथै यस भेटका क्रममा नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगका लागि मन्त्री खाणले अमेरिकी सरकारप्रति आभार व्यक्त गरेका थिए । 

उपमन्त्री जियाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ नेपाल सरकार अग्रसर भएकामा अमेरिकी सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । त्यस अवसरमा उपमन्त्री जियाले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि दिएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ५ : ३१ बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि