लमजुङको तीन स्थानीय तहमा पुरानै अनुहार दोहोरिए | Khabarhub Khabarhub

लमजुङको तीन स्थानीय तहमा पुरानै अनुहार दोहोरिए


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् । ८ स्थानीय तह रहेको लमजुङको बेँसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका र  मर्स्याङ्दी गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका हुन् ।

जिल्लाको राइनास नगरपालिका प्रमुखमा पुरानै अनुहार उम्मेदवार बने पनि उनी पराजय भएका छन् । जिल्लाको ८ स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख दोहोरिन चाहेका थिए । बेँसीसहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल पुनः प्रमुखमा निर्वाचित भएर पदभार ग्रहण गरिसकेका छन् । उनले नेपाली कांग्रेसका श्रीकान्त घिमिरेलाई हराएका हुन् । 

जिल्लाको मध्यनेपाल नगरपालिकामा कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका छन् । यसअघि ५ वर्ष काम गरिसकेका पाण्डे पुनः एमालेका राजकुमार श्रेष्ठलाई हराएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । 

यस्तै मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः एमालेका अर्जुन गुरुङ निर्वाचित भएका छन् । गुरुङले कांग्रेसका लोकनाथ घिमिरेलाई पराजित गरी फेरी गाउँपालिकाको अध्यक्षको पदभार सम्हालेका हुन् । 

लमजुङको आठ स्थानीय तहमध्ये चार वटा स्थानीय तह प्रमुखमा कांग्रेस र चार स्थानीय तहमा एमाले विजयी भएको छ । लमजुङमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ७ : १५ बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी