लमजुङको तीन स्थानीय तहमा पुरानै अनुहार दोहोरिए « Khabarhub

लमजुङको तीन स्थानीय तहमा पुरानै अनुहार दोहोरिए


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् । ८ स्थानीय तह रहेको लमजुङको बेँसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका र  मर्स्याङ्दी गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका हुन् ।

जिल्लाको राइनास नगरपालिका प्रमुखमा पुरानै अनुहार उम्मेदवार बने पनि उनी पराजय भएका छन् । जिल्लाको ८ स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख दोहोरिन चाहेका थिए । बेँसीसहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल पुनः प्रमुखमा निर्वाचित भएर पदभार ग्रहण गरिसकेका छन् । उनले नेपाली कांग्रेसका श्रीकान्त घिमिरेलाई हराएका हुन् । 

जिल्लाको मध्यनेपाल नगरपालिकामा कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका छन् । यसअघि ५ वर्ष काम गरिसकेका पाण्डे पुनः एमालेका राजकुमार श्रेष्ठलाई हराएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । 

यस्तै मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः एमालेका अर्जुन गुरुङ निर्वाचित भएका छन् । गुरुङले कांग्रेसका लोकनाथ घिमिरेलाई पराजित गरी फेरी गाउँपालिकाको अध्यक्षको पदभार सम्हालेका हुन् । 

लमजुङको आठ स्थानीय तहमध्ये चार वटा स्थानीय तह प्रमुखमा कांग्रेस र चार स्थानीय तहमा एमाले विजयी भएको छ । लमजुङमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ७ : १५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको