ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते « Khabarhub

ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ : ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका कालीप्रसाद विकका छोरा १९ वर्षीय बालचन्द्रको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर सोही ठाउँका जेने विकका १६ वर्षीय छोरा बिटु विक, डल्ले विककी छोरी १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । रासस

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ९ : ०२ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको