नेपालमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’ « Khabarhub

नेपालमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पहिलोपटक ‘अफ्रिकन स्वाइन फिभर’ रोग भेटिएको पुष्टि भएको छ । उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग भनिएको यो रोग विगतमा अफ्रिकी महादेशमा मात्र देखिएको थियो ।

सन् २०१८ मा यो रोग चीनमा देखा परेसँगै एसियन मुलुकमा पनि भेटिएको पुष्टि भएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि गत चैतको अन्तिम साता नमुना संकलन गरी परीक्षणका लागि अस्ट्रेलियामा नमूना पठाइएको थियो ।

पशु सेवा विभागले जारी गरेको विज्ञप्तिमा गत जेठ २ गते यो रोग लागेको पुष्टि भएको बताइएको छ ।

पशु सेवा विभागका अनुसार यो रोगले काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकाली क्षेत्र र ललितपुरको गोदावरी तथा भक्तपुरको चाँगुनारायण क्षेत्रका १ हजार १९ बंगुर मरेका छन् ।

यो रोग पशुबाट मानिसमा भने नसर्ने विभागले जनाएको छ ।

विभागका अनुसार यस रोगबाट संक्रमित भएका सुँगुर प्रजातिमा उच्च जरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने र शरीरमा निलो धब्बा देखिने, बान्ता गर्ने, छेर्ने जस्ता लक्षण देखिने तथा एकैपटक ठूलो संख्यामा मर्ने गर्छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ११ : ४४ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ