क्यान्सरका कारण पोर्चुगलमा नेपाली युवाको मृत्यु « Khabarhub

क्यान्सरका कारण पोर्चुगलमा नेपाली युवाको मृत्यु


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए । गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ५२ बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि