लमजुङमा अघोषित लोडसेडिङको मारमा उपभोक्ता « Khabarhub

लमजुङमा अघोषित लोडसेडिङको मारमा उपभोक्ता


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- छिनछिनमा विद्युतकाे लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरू मारमा परेका छन् । दुई महिनायता बिना सूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो ।

ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

केही दिनअघि बेंशीसहरको ट्रान्सफर पड्किएपछि ट्रिपिङ समस्याले विद्युत् आपूर्ति अनियमित भएको छ । विद्युत् सेवा प्रभावित हुँदा दैनिक सञ्चालन हुने साना उद्योग तथा कलकारखानाको काम प्रभावित भएको उपभोक्ताको गुनासो छ ।

उद्योगको उत्पादनमा पनि कमी आएको छ । विद्युत् कटौतीको सबैभन्दा बढी मार जिल्लामा सञ्चालित इँटा क्रसर, काष्ठ, दालमोठ र पाउरोटी उद्योग एवं अन्य साना तथा मझौला उद्योग मर्कामा परेका छन् । बैंक तथा वित्तीय संस्थाले दिने सेवा पनि प्रभावित भएको छ । ट्रिपिङ समस्याले नियमित रूपमा काम गर्न नसकिएको लमजुङ उद्योग वाणिज्य सघंका कोषाध्यक्ष शिव सिलवाल  बताउँछन् ।

यसअघि सामुदायिक उपभोक्ता संघले विद्युत् सेवा दिँदै आएकोमा हाल नेपाल विद्युत् प्राधिकरणले सेवा प्रदान गर्दै आएको छ । विद्युत् संरचना जीर्ण बन्दै गएकाले जिल्लाको वितरण प्रणालीमा पनि समस्या प्रभावित हुँदै आएको छ ।

लमजुङमा ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४.४ मेगावाटको राधी खोला जलविद्युत केन्द्र सञ्चालित छन् । जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा जोडिए पनि स्थानीय उपभोक्तालाई  तनहुँको लाइनबाट विद्युत् सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : २७ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– हरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले