नेता सत्तामा लिप्त हुँदा महंगीले जनताको ढाड भाँचियो : बाबुराम भट्टराई « Khabarhub

नेता सत्तामा लिप्त हुँदा महंगीले जनताको ढाड भाँचियो : बाबुराम भट्टराई


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेता सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मूल्यवृद्धि हुँदा पनि गठबन्धन सरकारले पहल नगरेको भन्दै आपत्ति जनाएका हुन्। ‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।’ उनले भनेका छन् ।

भट्टराईले अर्थतन्त्र र मूल्यवृद्धिको विषयमा सरकार अनिच्छुक र कमजोर रहको टिप्पणीसमेत गरेका छन्। ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महंगी बढ्छ ! यो अचाक्ली महंगीले जनताको ढाड भाँचिदैछ। खै सरकारी पहल ?’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : २९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका