भूकम्पका कारण अफगानिस्तान २८० भन्दा धेरैको मृत्यु « Khabarhub

भूकम्पका कारण अफगानिस्तान २८० भन्दा धेरैको मृत्यु


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा पनि २८० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविनदु बनाइ गएको भूकम्पमा २८० जनाको मृत्यु भएको अफगानिस्तानको बख्तर समाचार संस्थाले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर एवम् भिडियोहरुमा उद्धारकर्ता तथा खोजकर्ताहरुले भवनका भग्नावशेषबाट निकालिएका घाइतेहरुलाई स्ट्रेचरमा राखेर लगिरहेको देखिन्छ । भूकम्पमा परी अरु ६०० जना भन्दा धेरै घाइते भएको बख्तर समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘दुर्भाग्यवश गएराति पाक्टिका प्रान्तको चार जिल्लामा शक्तिशाली भूकम्पको महसुस गरियो, यसका कारण हाम्रा सयौँ देशवासी मारिए एवम् घाइते भए भने दर्जनौँ घरहरुमा ध्वत भए ।’ अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता बिलाल करिमीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘हामी सबै सहयोगी निकायहरुलाई सो क्षेत्रमा तत्काल परिचालन हुन आग्रह गर्दछौँ ।’ अफगानिस्तानमा गएको भूकम्पको धक्का छिमेकी मुलुकहरु पाकिस्तान र भारतसम्म महसुस गरिएको बीबीसीले जनाएको छ । यद्यपि भूकम्पका कारण अफगानिस्तानमा बाहेक अन्यत्र कुनै क्षतिको विवरण भने नआइसकेको बीबीसी उर्दूले जनाएको छ ।

अफगानिस्तानमा प्रायजसो भूकम्पहरु जाने गरेको बताइन्छ । पछिल्लो १० वर्षमा मात्र भूकम्पका कारण अफगानिस्तानमा ७ हजार भन्दा धेरैको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : ४९ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक