गण्डकीमा गाडीमा कर अत्यधिक, प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्ने | Khabarhub Khabarhub

गण्डकीमा गाडीमा कर अत्यधिक, प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्ने


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुने गरी निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक करण वृद्धि गरेको छ । २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो ।

हाल वार्षिकरूपमा ४० हजार कर तोकिएका यी गाडीमा आउँदो वर्षदेखि ५० हजार तिर्नुपर्ने भएको छ । चालू वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै आएकोमा अब नयाँ वर्गीकरण गरेर ३५ सय सीसी क्षमताका गाडीहरुले छुट्टै कर तिर्नुपर्ने भएको छ । उनीहरुले वार्षिक ६५ हजार तिर्नुपर्ने सरकारले जनाएको छ ।

एक हजारदेखि १५ सय सीसी क्षमताका गाडीको कर तीन हजारले बढेको छ । चालू वर्षसम्म यी सवारीकाे कर २२ हजार मात्रै थियो । एक हजार सीसीसम्म क्षमताका निजी सवारी साधन कार, जिप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ । अहिले  यी गाडीले २० हजार कर बुझाइरहेका छन् ।

दुइपांग्रे सवारीमा पनि सीसी छुट्याएर कर लिने भएको छ । १२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० भन्दामाथि गरी ६ वटा प्रकार तय गरिएको छ । हाल ४ तहमा मात्रै वर्गीकरण गरिएको छ । अब १२५ सीसी क्षमताका सवारीले ३ हजार, १५० सम्म ५ हजार, २२५ सम्म ६ हजार ५ सय, ४ सयसम्म ११ हजार, ६५० सम्म २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको छ ।

आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँचपास गर्नुपर्ने प्रावधान पनि ल्याएको छ । टिप्परले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परले अहिलेकै कर तिरे पुग्छ । अहिले यी सवारीको कर ४० हजार छ । कृषि क्षेत्रमा प्रयोग हुने, ट्र्याक्टर, पावरटेलरलाई १ हजार ३ सय देखि ३ हजारसम्म कर बढाइएको छ । ट्रयाक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावरटेलरको ३ हजार २ सय बाट ४ हजार ५ सय पुगेको छ । मिनिट्रक/मिनिबसको कर २७ हजार कायम गरिएको छ । ट्रक र बसले भने ३५ हजार तिर्नुपर्छ ।

हालसम्म कर नलिइएको विद्युतीय गाडीमा पनि अब कर लाग्ने भएको छ । मोटरसाइकल/स्कुटरले १ हजारदेखि २ हजारसम्म कर तिर्नुपर्छ । जिप, कार भ्यान, माइक्रोबस र बसले १० हजारदेखि २० हजारसम्म कर बुझाउनुपर्ने भएको छ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : ४९ बजे

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन

धरान– धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।