राधा थिम पोस्टर : बेपत्ता श्रीमानको खोजीमा सृष्टि « Khabarhub

राधा थिम पोस्टर : बेपत्ता श्रीमानको खोजीमा सृष्टि


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘राधा’ को थिम पोस्टर सार्वजनिक भएको छ । सुवर्ण थापाको निर्देशनमा तयार भएको फिल्ममा शीर्ष पात्रमा सृष्टि श्रेष्ठ छिन् । उनले आफ्नो पतिको खोजी गर्ने कथा नै फिल्म हो । सार्वजानिक पोस्टरले पनि यही तथ्यलाई चित्रण गर्छ । सृष्टि खोजीका लागि यात्रामा रहेको संकेत सार्वजनिक पोस्टरले गर्छ । 

बेपत्ता श्रीमानको खोजीको कथामा बनेको फिल्मको पहिलो पोस्टरमा बच्चा बोकेकी सृष्टिको उदास अनुहारलाई प्रस्तुत गरिएको थियो । पोस्टरबाटै कथा भन्ने प्रयास गरिरहेका सुवर्ण थापाले दोस्रो पोस्टरमा यसका लागि सृष्टि यात्रामा निस्किएको संकेत गरेका छन् । 

सुवर्ण थापाकै लेखन रहेको यो फिल्ममा सौगात मल्ल निर्माताको रुपमा समेत छन् । फिल्ममा सौगातसँगै निश्चल बस्नेत, खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव जस्ता अन्य अभिनेता पनि छन् । आफ्नो निर्माणमा डेब्यु रहेको फिल्ममा अन्य अभिनेताले साथ दिँदा सौगात दङ्ग छन् । ‘मलाई कथा मन परेर फिल्म निर्माणमा जोडिएको हुँ । फिल्ममा काम गर्ने भनेर तयार परिएको कथामा आफू परिसकेपछि निर्माता बनेको हुँ’ सौगातले भने । 

सौगातले आफ्नो आग्रहलाई स्विकार्दै स-सानो रोलमा समेत निश्चल, खगेन्द्र र दयाले अभिनय गरिदिएकोमा खुसी छन् । उनले राम्रो कथालाई आर्थिक अभावमा कागजमै थन्किएको देख्न नसक्ने भएकाले निर्माताको रूपमा अगाडि आएको बताए । थिएटर पृष्ठभूमिकामा कलाकारको बाहुल्य रहेको फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ आदिको पनि अभिनय देख्न सकिन्छ ।

यसै फिल्म मार्फत निर्माता बनेका सौगातले तीन महिना अन्य फिल्मको कामबाट विश्राम लिँदै ‘राधा’ लाई समय दिने भएका छन् । आफैँ निर्माता भएकाले पनि उनी अन्य फिल्मको काम सारेर ‘राधा’ मा व्यस्त हुँदै छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : २३ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र