इमरान खानको नेतृत्वमा पाकिस्तान विश्वकै कुख्यात मानवअधिकार उल्लङ्घनकर्ता देश बनेको प्रतिवेदन सार्वजनिक « Khabarhub

इमरान खानको नेतृत्वमा पाकिस्तान विश्वकै कुख्यात मानवअधिकार उल्लङ्घनकर्ता देश बनेको प्रतिवेदन सार्वजनिक


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनिक भएको छ ।

सैनिक शासक जनरल परवेज मुसर्रफपछि खान खतरनाक मानवअधिकार उल्लङ्घनकर्ताका रूपमा दरिएका छन् । उनको कार्यकालमा सञ्चारगृह, मानवअधिकार रक्षक समूह र सामाजिक सञ्जालका अभियन्ताहरूलाई दबाउन खोजिएको जस्ट अर्थ न्यूजले जनाएको छ ।

खानले आफ्नो शासनकालमा असन्तुष्ट पक्षको हत्या, पत्रकारलाई कुटपिट र वाक् स्वतन्त्रतामाथि प्रहार गरेको जनाइएको छ । पाकिस्तानको मानवअधिकार आयोगले यो वर्षको प्रारम्भमा जारी गरेको ‘मानव अधिकारको स्थिति प्रतिवेदन २०२१’ मा उक्त वर्ष अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा सबैभन्दा बढी क्षति पुगेको उल्लेख थियो ।

जनताको बोल्ने र मन लागेको काम गर्ने अधिकार खान सरकारले सङ्कुचित तुल्याउनका साथै उनको राजनीतिक दल तहरिक–ए– इन्साफ पिटिआईका कार्यकर्ताले पनि पत्रकाररूमाथि दमन गरेका थिए । पत्रकारलाई धम्की दिएका नौ वटा घटना प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनअनुसार खान सरकारले सेनासँग मिलेर पत्रकारमाथि निर्मम कदम चालेका थिए । उनी र उनका सहयोगीहरूका अमानवीय गतिविधिले पाकिस्तानलाई विश्वमा उपहासको पात्र बनाएको छ ।

धेरै आलोचकलाई बेपत्ता परिएको, असहमति जनाउनेलाई प्रहरी लगाएर दमन गरिएको र सीमान्तकृत वर्ग पनि त्यस्ता अराजक गतिविधिको शिकार भएका थिए ।

पाकिस्तानी मानव अधिकार आयोगले मात्र नभई अमेरिकी विदेश मन्त्रालयले पनि इस्लामावादले गैरकानुनी एवम् स्वच्छाचारी हत्यालाई प्रश्रय दिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

त्यसैगरी ह्युमन राइट्स वाचले पनि सरकारी सुरक्षा बल र लडाकु समूहले भयको वातावरण सृजना गरेर नागरिक अधिकार कुण्ठित पारेको प्रतिवेदन निकालेको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : २५ बजे

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको