मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै  नै कार्यान्वयन हुन्छ : नेता खनाल  « Khabarhub

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै  नै कार्यान्वयन हुन्छ : नेता खनाल 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।

‘आज सचिवालयको बैठक बसेको थियो चाडै नै पोलिटब्यूरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ समाजवादी प्रेस संगठन काठमाडौँद्वारा बुधबार आयोजित कार्यक्रममा खनालले भने, ‘यसबाहेक मन्त्रिपरिषद्मा हाम्रो टिम बदल्ने भनेर निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन, तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय भएको छ ।’

मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ४७ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द