पोखरा महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ) « Khabarhub

पोखरा महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

 पोखरा महानगरले नीति तथा कार्यक्रममा कृषि, पर्यटन र पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ। कृषि उत्पादनमा वृद्धि : महानगरको समृद्धि भन्ने नारा नै दिएर पोखराले कृषि क्षेत्रलाई थप उत्पादनमा जोड्ने लक्ष्य लिएको छ। पाँच वर्ष भित्र दूध, फलफूल, तरकारी, माछामासुको आयात प्रतिस्थापन गर्ने गरी योजना ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ। 

त्यस्तै कस्टम हायरिङ केन्द्र, चिस्यान केन्द्र, प्रशोधन केन्द्र तथा प्राङ्गारिक मल उत्पादन कारखानाको विकास र  व्यवस्थापनमा जोड दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सिँचाइ सुविधा नपुगेका ग्रामीण र पहाडी क्षेत्रमा प्रविधिमा आधारित लिफ्ट सिँचाइ प्रणाली प्रवर्द्धन गर्दै समथर भूभागमा रहेका सिँचाइ प्रणालीको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाउन जमिनको दिगो उपयोग गरिने पनि बताइएको छ। त्यस्तै  शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई पनि नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिइएको छ।

नीति तथा कार्यक्रममा पोखरेली चामल जेठोबुढो धान लगायतका उत्पादनलाई ब्राण्डिङ गर्दै पोख्रेली ब्राण्ड स्थापना गर्ने र बजार प्रर्वद्धनमा विशेष योजना बनाएर लागू गरिने उल्लेख छ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : २४ बजे

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्