विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला « Khabarhub

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इलाम, ललितपुर र झापामा चार जना मृत अवस्थामा फेला परेका छन् । 

इलामको माङसेबुङ गाउँपालिका–४ धनलुवा गाउँ बस्ने २४ वर्षीय अविशेष राई सोही ठाउँस्थित धनलुवाखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । फुपुको घरबाट आफ्नो घर फर्कने क्रममा मंगलबार राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो । 

ललितपुरको ललितपुर महानगरपालिका–२७ चापागाउँ ओखाटस्थित घरको ट्वाइलेटमा हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–६ स्थित बनियानी खोलामा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको छ । यसैगरी झापाको हल्दीबारी गाउँपालिका–१ स्थित खेतमा सालनाल सहितको नवजात शिशु (छोरा) को शव बुधबार फेला परेको छ । 

घटनाहरूको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ०९ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द