देश/प्रदेश

कोरोना अपडेट : थप ३१ जनामा कोरोना संक्रमण

By खबरहब

June 22, 2022

काठमाडौँ-  पछिल्लो २४ घण्टामा नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परीक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ३० जना निको भएका छन् ।

 हाल नेपालमा १ सय ४२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।