‘धारा ३७० खारेजीपछि जम्मु कश्मीरमा विकासको ढोका खुल्यो’ « Khabarhub

‘धारा ३७० खारेजीपछि जम्मु कश्मीरमा विकासको ढोका खुल्यो’


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका सामाजिक न्याय तथा सशक्तिकरण राज्यमन्त्री रामदास आठवालेले संविधानको धारा ३७० खारेजीपछि जम्मु कश्मीरमा विकासको ढोका खुलेको टिप्पणी गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०१९ मा संविधानको धारा ३७० खारेजीसँगै जम्मु कश्मीरमा विकासको ढोका खुलेको टिप्पणी गरेका हुन् ।

भारत सरकार जम्मु कश्मीरको विकास एवम् शान्तिको पक्षमा रहेको भन्दै उनले जम्मु कश्मीरका सबै क्षेत्रलाई विकसित बनाइने बताएको एएनआईले जनाएको छ ।

धारा ३७० खारेजीपछि भारत सरकारले सञ्चालन गरेका ‘प्रधानमन्त्री आवास योजना’, ‘जनधन योजना’, ‘मुद्रा’ लगायतका कार्यक्रमबाट जम्मु कश्मीरका मानिसहरु लाभान्वित भइरहेको समेत टिप्पणी गरे ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : ०८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका