सन्धिखर्क नगरपालिकालाई सुझाव : ‘पानी पर्दा हिलो र घाम लागेपछि धुलोबाट मुक्ति पाउँ’ « Khabarhub

सन्धिखर्क नगरपालिकालाई सुझाव : ‘पानी पर्दा हिलो र घाम लागेपछि धुलोबाट मुक्ति पाउँ’


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– ‘मेयर साप पानी परेपछि हिलोका कारण पाइन्ट घुँडासम्म सारेर हिँड्नुपर्ने अनि हिउँद लागेपछि धुलो उडेर बाटोमा हिँड्नै नसक्ने अवस्था हटाउनुपर्‍यो’ सन्धिखर्क नगरपालिकाले आगामी वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा युवा व्यवसायी हरिप्रसाद भुसालको सुझाव हो यो । 

हरिप्रसाद भुसाल मात्र होइन अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठदेखि उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रलगायतले पनि मुख्य बजारको सरसफाइमा मुख्य ध्यान दिन आग्रह गरेका थिए । बजार सुन्दर भएमात्रै समृद्ध सन्धिखर्कको नारा सफल हुने उनीहरूको दाबी थियो । 

Avatarसन्धिखर्क नगरपालिकाले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सहभागी सबैले किसानहरूबाट उत्पादित कृषि उपजको बजारीकरणको साथै आन्तरिक आय बढाउनका लागि नगरपालिकाको ध्यान आकर्षित गरेका थिए । साथै नगरको शैक्षिक विकासको लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड रहेको थियो । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम सहित नगरपालिकाको प्राथमिकताका विषयमा प्रस्ट पारेका थिए । समृद्ध नगरपालिका बनाउनु आफ्नो एकमात्र लक्ष्य रहेको बताउँदै प्रमुख श्रेष्ठले सबैको एकताबाट मात्र त्यो सम्भव भएको बताएका थिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ३८ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द