अफगानिस्तानमा गएको भूकम्पमा मृतकको संख्या १ हजार पुग्यो अरु १५ सय घाइते « Khabarhub

अफगानिस्तानमा गएको भूकम्पमा मृतकको संख्या १ हजार पुग्यो अरु १५ सय घाइते


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार पुगेको छ । भूकम्पबाट सबैभन्दा धेरे प्रभावित पाक्टिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हफिजीले मुलुकमा गएको भूकम्पका कारण १ हजार जनाको मृत्यु भएको बीबीसीलाई जानकारी दिएका हुन् ।

दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा अरु १५ सय जना घाइते भएका छन् ।

तालिबानका नेता हैबतुल्लाह अखुन्दजादाले भूकम्पका कारण सयौँ घरहरु ध्वस्त भएको र मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।

यससँगै यो भूकम्प अफगानिस्तानमा दुई दशकयताकै घातक रहेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर एवम् भिडियोहरुमा उद्धारकर्ता तथा खोजकर्ताहरुले भवनका भग्नावशेषबाट निकालिएका घाइतेहरुलाई स्ट्रेचरमा राखेर लगिरहेको देखिन्छ ।

स्थानीय समयअनुसार बिहान साढे १ बजेतिर गएको भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दुर्गम क्षेत्रमा रहेकाले त्यहाँ उद्धार एवम् राहत कार्यमा समस्या उत्पन्न भएको र हेलिकोप्टर तथा अन्य उपकरणको प्रयोग गरी खोजी तथा उद्धार कार्य जारी राखिएको बताइएको छ ।

‘दुर्भाग्यवश गएराति पाक्टिका प्रान्तको चार जिल्लामा शक्तिशाली भूकम्पको महसुस गरियो, यसका कारण हाम्रा सयौँ देशवासी मारिए एवम् घाइते भए भने दर्जनौँ घरहरुमा ध्वत भए ।’ अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता बिलाल करिमीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘हामी सबै सहयोगी निकायहरुलाई सो क्षेत्रमा तत्काल परिचालन हुन आग्रह गर्दछौँ ।’ अफगानिस्तानमा गएको भूकम्पको धक्का छिमेकी मुलुकहरु पाकिस्तान र भारतसम्म महसुस गरिएको बीबीसीले जनाएको छ । यद्यपि भूकम्पका कारण अफगानिस्तानमा बाहेक अन्यत्र कुनै क्षतिको विवरण भने नआइसकेको बीबीसी उर्दूले जनाएको छ ।

अफगानिस्तानमा प्रायजसो भूकम्पहरु जाने गरेको बताइन्छ । पछिल्लो १० वर्षमा मात्र भूकम्पका कारण अफगानिस्तानमा ७ हजार भन्दा धेरैको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ५६ बजे

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालको कसिलो बलिङ : ओमान ९४ रनमा अलआउट

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध

आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ– विश्व खाद्य सुरक्षा दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ

ट्राफिक कारबाहीबाट चार लाख ९१ हजार राजस्व सङ्कलन

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार बिदाको दिन २ हजार

एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले

हुम्लाको ताँजाकोटमा खानेपानीको समस्या

हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानीको चरम समस्या भएको