माने लिभरपुलको ठुलो समर्थक « Khabarhub

माने लिभरपुलको ठुलो समर्थक


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बायर्न म्युनिख क्लबमा जानु अगाडि साडियो मानेले लिभरपुल क्लबको यात्राको समीक्षा गरेका छन् । लिभरपुलले आज सार्वजनिक गरेको एक भिडियोमा मानेले आफू लिभरपुलको समर्थकहरुपश्चात सबैभन्दा ठुलो समर्थक भएको बताए ।

 लिभरपुलको गृह मैदान एन्फिल्डमा खेल्दा छुट्टै उर्जा पाउने मानेले बताए । करिब ६ वर्ष लिभरपुलमा आवद्ध भएका मानेले लिभरपुलको लागि कुल १ सय २० गोल गरे । ६ सिजनमा मानेले लिभरपुलका लागि कुल २ सय ६९ खेलमा उपस्थिति जनाएका छन् ।  उनले आर्सनलविरुद्ध गरेको पहिलो गोल र बार्यन म्युनिखविरुद्ध गरेको दोस्रो गोल लिभरपुलको यात्राको यादगार गोल भएको बताए । 

लिभरपुललाई च्याम्पियन्स लिग, फिफा क्लब विश्व कप, यूईएफए सुपरकप, इङ्ग्लिश प्रिमियर लिग, इङ्ग्लिश लिग कप, र इङ्लिश एफए कपको उपाधि जित्न मानेले महत्वपूर्ण भूमिका खेले । सन् २०१६ मा लिभरपुलमा जोडिएका मानेले लिभरपुलको यात्रालाई शुभकामना व्यक्त गर्दै क्लबबाट बिदा भए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै