बोलेर जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते « Khabarhub

बोलेर जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जिप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो । 

बा १ झ ८७८४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका प्रहरी नायब निरीक्षक विमल डाँगीले जानकारी दिए । 

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रुकुमपश्चिम चौरजहारी नगरपालिका घर भई जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत इञ्जिनियर धर्म बुढाथोकीको दुर्घटनामा परी मृत्यु भएको छ ।

प्रहरी नायब निरीक्षक डाँगीका अनुसार दुर्घटनामा इञ्जिनियर (जल विज्ञान सहायक) सरस्वती विष्ट, सवारी चालक कोहलपुरका बाबुराम गुरुङ र असराघाटमा रहेको बाढी मापन केन्द्रमा कार्यरत कर्मचारीको श्रीमती घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ३४ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास