बोलेर जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते « Khabarhub

बोलेर जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जिप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो । 

बा १ झ ८७८४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका प्रहरी नायब निरीक्षक विमल डाँगीले जानकारी दिए । 

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रुकुमपश्चिम चौरजहारी नगरपालिका घर भई जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत इञ्जिनियर धर्म बुढाथोकीको दुर्घटनामा परी मृत्यु भएको छ ।

प्रहरी नायब निरीक्षक डाँगीका अनुसार दुर्घटनामा इञ्जिनियर (जल विज्ञान सहायक) सरस्वती विष्ट, सवारी चालक कोहलपुरका बाबुराम गुरुङ र असराघाटमा रहेको बाढी मापन केन्द्रमा कार्यरत कर्मचारीको श्रीमती घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ३४ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि