‘सरकारले सरासर झुट बोल्यो’ « Khabarhub

‘सरकारले सरासर झुट बोल्यो’


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- रुस युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाव भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ बोलेको बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुर र भक्तपुरको सूर्यविनायक नगरपालिकाले बुधबार भक्तपुरमा गरेको व्यवसायिक उपभोक्ता सचेतना कार्यक्रमका वक्ताहरुले रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको अभाव नभएको दाबी गरे । आयोजक राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकारका मन्त्रीहरुले नै यसरी सफेद झुट बोल्नु पराकाष्ठा नै नाघ्नु भएको बताए ।

उनले सरकार गैर जिम्मेवार भएर प्रस्तुत भएको भन्दै आक्रोससमेत प्रकट गरे । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यापारी र उपभोक्ता मिलेर अगाडि वढेमा व्यापार व्यवसायको अनुगमन नै गर्न नपर्ने बताइन् । आफू पनि उपभोक्ता हो भनी व्यापारीले बदमासी नगरे कारबाही नै गर्नुपर्ने अवस्था नआउने उनले बताइन् ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटराईले खाद्य स्वच्छता सबैको मौलिक अधिकार भएको बताइन् । उनले सबैले स्वच्छ खान पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ०६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका