‘सरकारले सरासर झुट बोल्यो’ « Khabarhub

‘सरकारले सरासर झुट बोल्यो’


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- रुस युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाव भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ बोलेको बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुर र भक्तपुरको सूर्यविनायक नगरपालिकाले बुधबार भक्तपुरमा गरेको व्यवसायिक उपभोक्ता सचेतना कार्यक्रमका वक्ताहरुले रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको अभाव नभएको दाबी गरे । आयोजक राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकारका मन्त्रीहरुले नै यसरी सफेद झुट बोल्नु पराकाष्ठा नै नाघ्नु भएको बताए ।

उनले सरकार गैर जिम्मेवार भएर प्रस्तुत भएको भन्दै आक्रोससमेत प्रकट गरे । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यापारी र उपभोक्ता मिलेर अगाडि वढेमा व्यापार व्यवसायको अनुगमन नै गर्न नपर्ने बताइन् । आफू पनि उपभोक्ता हो भनी व्यापारीले बदमासी नगरे कारबाही नै गर्नुपर्ने अवस्था नआउने उनले बताइन् ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटराईले खाद्य स्वच्छता सबैको मौलिक अधिकार भएको बताइन् । उनले सबैले स्वच्छ खान पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ०६ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा