विपद्‍बाट जोगिन प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन-२“ संचालन  « Khabarhub

विपद्‍बाट जोगिन प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन-२“ संचालन 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- वर्षायामबाट हुने सम्भावित हानी ,नोक्सानीलाइ रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा बिभिन्न अभ्यासहरु गरिएको छ ।

विभिन्न विपदको समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद प्रतिकार्य अभ्यास गरिएको नेपाली सेना चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामले जानकारी दिए । भेरी नगरपालिका– ११ मटेलामा विपद् प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन-२“ संचालन गरिएको उनले जानकारी दिए ।

भविष्यमा आईपर्न सक्ने प्राकृतिक एवं मानव श्रृजित विपत्ति एवं दुर्घटनाहरुमा परेकाहरुको खोज, उद्धार, उपचार एवं राहत वितरण कार्य समन्वयात्मक र असरदार ढंगबाट संचालन गर्न सहयोग पुर्‍याउने उदेश्य सहित जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको आयोजनामा सबै सुरक्षा निकायहरु र सरोकारवालाहरुको सहभागितामा उक्त अभ्यासको आयोजना थियो ।

उक्त अभ्यासमा नेपाली सेनाको चन्दननाथ गण, प्रहरी र शसस्त्र प्रहरीको सयुक्त टोलिले पहिरोमा फसेका ब्यक्ति तथा उनिहरुको भौतिक सम्पति र बाढीमा फसेका ब्यक्तिहरुको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा लैजाने तथा विरामी एवं घाईतेहरुको प्राथामिक उपचार गरी स्वास्थ्य चौकी एवं अस्पताल लैजाने सम्मको प्रर्दशन प्रस्तुत गरेको थियो ।

नेपाली सेना चन्दननाथ गणले गत बर्ष पुस र चैत महिनामा यसै प्रकृतिका २ (दुई) वटा विपद् प्रतिकार्य अभ्यासहरु संचालन गरिसकेको छ । मनसुन पूर्व सुरक्षा निकाय, स्थानीय निकाय, रेडक्रस र स्वास्थ्य संस्थाहरु सम्मिलित गराई भएको  यस “मनसुन–२” विपद् प्रतिकार्य अभ्यासले विपद्को समयमा समन्वयात्मक ढंगबाट कार्य सम्पादन गर्न सहयोग पुग्ने चन्दननाथ गणका गणपति प्रमुख गोतामेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सबै सुरक्षा निकायहरुको सहकार्यमा सम्पन्न अभ्यासले भविष्यमा विपद् उद्धार कार्यमा कार्य गर्न सहज हुने बताए ।

 

दुई वर्ष अघि बारेकोट गाउँपालिका ४  स्थित सार्कीटोलमा भएको घटनामा समेत नेपाली सेना नै अगाडी पुगेर उद्धार कार्य गरेको थियो । विपदको समयमा रात्रीकालिन अवस्था पनि हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याड निर्माण गरेको सेनाले सबै खालका विपदको समयमा अग्रमोर्चामा काम गर्दै आएको छ । भेरी नगरपालिकाको जगतीपुरमा गरिव तथा विपन्न बर्गमा विद्यार्थीलाइ शैक्षिक सामग्री र स्थानीयलाइ कपडा वितरण गरि चिसोबाट जोगाउने काम समेत सेनाले गरिसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ०६ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप