विपद्‍बाट जोगिन प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन-२“ संचालन  « Khabarhub

विपद्‍बाट जोगिन प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन-२“ संचालन 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- वर्षायामबाट हुने सम्भावित हानी ,नोक्सानीलाइ रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा बिभिन्न अभ्यासहरु गरिएको छ ।

विभिन्न विपदको समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद प्रतिकार्य अभ्यास गरिएको नेपाली सेना चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामले जानकारी दिए । भेरी नगरपालिका– ११ मटेलामा विपद् प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन-२“ संचालन गरिएको उनले जानकारी दिए ।

भविष्यमा आईपर्न सक्ने प्राकृतिक एवं मानव श्रृजित विपत्ति एवं दुर्घटनाहरुमा परेकाहरुको खोज, उद्धार, उपचार एवं राहत वितरण कार्य समन्वयात्मक र असरदार ढंगबाट संचालन गर्न सहयोग पुर्‍याउने उदेश्य सहित जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको आयोजनामा सबै सुरक्षा निकायहरु र सरोकारवालाहरुको सहभागितामा उक्त अभ्यासको आयोजना थियो ।

उक्त अभ्यासमा नेपाली सेनाको चन्दननाथ गण, प्रहरी र शसस्त्र प्रहरीको सयुक्त टोलिले पहिरोमा फसेका ब्यक्ति तथा उनिहरुको भौतिक सम्पति र बाढीमा फसेका ब्यक्तिहरुको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा लैजाने तथा विरामी एवं घाईतेहरुको प्राथामिक उपचार गरी स्वास्थ्य चौकी एवं अस्पताल लैजाने सम्मको प्रर्दशन प्रस्तुत गरेको थियो ।

नेपाली सेना चन्दननाथ गणले गत बर्ष पुस र चैत महिनामा यसै प्रकृतिका २ (दुई) वटा विपद् प्रतिकार्य अभ्यासहरु संचालन गरिसकेको छ । मनसुन पूर्व सुरक्षा निकाय, स्थानीय निकाय, रेडक्रस र स्वास्थ्य संस्थाहरु सम्मिलित गराई भएको  यस “मनसुन–२” विपद् प्रतिकार्य अभ्यासले विपद्को समयमा समन्वयात्मक ढंगबाट कार्य सम्पादन गर्न सहयोग पुग्ने चन्दननाथ गणका गणपति प्रमुख गोतामेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सबै सुरक्षा निकायहरुको सहकार्यमा सम्पन्न अभ्यासले भविष्यमा विपद् उद्धार कार्यमा कार्य गर्न सहज हुने बताए ।

 

दुई वर्ष अघि बारेकोट गाउँपालिका ४  स्थित सार्कीटोलमा भएको घटनामा समेत नेपाली सेना नै अगाडी पुगेर उद्धार कार्य गरेको थियो । विपदको समयमा रात्रीकालिन अवस्था पनि हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याड निर्माण गरेको सेनाले सबै खालका विपदको समयमा अग्रमोर्चामा काम गर्दै आएको छ । भेरी नगरपालिकाको जगतीपुरमा गरिव तथा विपन्न बर्गमा विद्यार्थीलाइ शैक्षिक सामग्री र स्थानीयलाइ कपडा वितरण गरि चिसोबाट जोगाउने काम समेत सेनाले गरिसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ०६ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड